ad ad

समाज


एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलमा पुग्दा...

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलमा पुग्दा...

सरोज बैजु
साउन २३, २०८१ बुधबार १८:५८, काठमाडौँ

काठमाडौँ विमानस्थलबाट उड्दा नउड्दै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको धेरै दिन भइसकेको थिएन। उक्त दुर्घटनाको कारण पत्ता लगाउन गठित आयोगले प्रतिवेदन दिइसकेको थिएन। 

यही साउन ९ गते मात्र काठमाडौँबाट पोखरा जान लागेको जहाज विमानस्थलछेउमै खसेको थियो। चालकबाहेकका १८ जनाको ज्यान जाने गरी भएको उक्त त्रासदीपूर्ण घटनालाई दिनभरजसो पछ्याउनुपर्दा निकै मन कुँडिएको थियो।

त्यसको २ साता नबित्दै काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीतर्फ उडेको एयर डाइनेस्टीको हेलिकप्टर एकाएक हराएको सूचना आयो र त्यतैतिर जानुपर्ने भयो।

त्यो सूचना बाहिरिएको केहीबेरमै काठमाडौँनजिकैको शिवपुरी डाँडा आसपास धुवाँ देखिएको भन्ने सुनियो। र, हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको जानकारी आयो। 

सुरक्षाकर्मी, स्थानीय समुदाय र जनप्रतिनिधिहरू घटनास्थल पुग्दा हेलिकप्टरमा रहेका सबैजनाको मृत्यु भइसकेको थियो।हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए। उनीहरू सबैको निधन भएको हो।

हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए। उनीबाहेक सवार अन्य सबै चिनियाँ नागरिक हुन्। 

नागरिक उड्डययन प्राधिकरणका अनुसार, काठमाडौँ विमानस्थलबाट हेलिकप्टर उडेको तीन मिनेटमै टावरसँग सम्पर्क विच्छेद भएको थियो।

अग्लो स्थान, जंगलको बीचमा हेलिकप्टर खसेको थियो। दुर्घटनास्थल पुग्दा त्यहाँको अवस्था यस्तो देखिन्थ्यो-

        

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .