ad ad

ग्लोबल


रिहा भएलगत्तै खालिदा जियाले भनिन् : बदला र विध्वंस होइन, प्रेम र शान्ति चाहिएको छ

रिहा भएलगत्तै खालिदा जियाले भनिन् : बदला र विध्वंस होइन, प्रेम र शान्ति चाहिएको छ

नेपालखबर
साउन २३, २०८१ बुधबार १७:४५,

बंगलादेशको बीएनपी पार्टीकी प्रमुख बेगम खालिदा जियाले बदला र विध्वंस त्यागेर प्रेम र पुनर्निर्माणको बाटोमा हिँड्न मानिसहरूलाई आह्वान गरेकी छन्।

खालिदा मंगलबार मात्र नजरबन्दबाट रिहा भएकी थिइन्।

नयाँपल्टनमा आयोजित बीएनपी पार्टीको सभालाई भिडिओमार्फत सम्बोधन गर्दै उनले आफूलाई कैदमुक्त पार्न लडेका सबैलाई धन्यवाद दिइन्।

२०१८ पनि उनी पहिलोपटक सार्वजनिक रुपमा देखिएकी हुन्।

‘म रिहा भएँ। असम्भव कामलाई सम्भव बनाउन जीवन र मृत्युको संघर्षमा होमिने सबै साहसी मानिसहरूलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्।

‘यो विजयले हामीलाई चोरी, भ्रष्टाचार र खराब राजनीतिको आहालबाट निस्किने मौका दिएको छ। यो मुलुकलाई सुधारेर हामीले समृद्ध बनाउनुपर्नेछ,’ उनले थपिन्, ‘युवाहरू भविष्य हुन्। तिनको सपना पूरा गर्न हामीले लोकतान्त्रिक बंगलादेश निर्माण गर्नुछ। जसका लागि तिनले रगत भएका हुन्।’

युवाहरू सशक्त पार्न उनले आह्वान गरिन्।

‘विध्वंस होइन, आक्रोश होइन, बदला होइन, यो देश पुनर्निर्माण गर्न हामीलाई प्रेम र शान्ति चाहिएको छ,’ उनले भनिन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .