ad ad

समाज


राशिफल १७ साउन : सिंह सानातिना समस्यामा अल्झिनुपर्ने, कन्यालाई प्रेम प्रस्ताव आउने, तपाईँको के?

राशिफल १७ साउन : सिंह सानातिना समस्यामा अल्झिनुपर्ने, कन्यालाई प्रेम प्रस्ताव आउने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन १७, २०८१ बिहिबार ४:३९, काठमाडौँ

आज बिहीबार, १७ साउन २०८१ (१ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। गरेका काममा ढिलासुस्ती हुनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आर्थिक लेनदेनमा सचेत रहनु पर्ला। साँझमा शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ कालो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ७१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको सुरुआत गर्ने। अरूलाई दु:ख दिन काम नगर्ने।

वृष : साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। रमणीय र सुखद यात्राको योग छ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ५१, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७५ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिव भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन : मान प्रतिष्ठामा वृद्धि होला। न्यायिक कार्यमा सफलता मिल्नेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। प्रेम सम्बन्ध बढेर जानेछ। सेयर बजारले साथ दिनेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : श्रमदान गर्ने अवसर मिल्नेछ। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शुभकार्यमा सहभागी भइएला। प्रेम सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

सिंह : सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ। गरेको काम बिग्रने सम्भावना छ। मनमा दुबिधा उत्पन्न हुनेछ। साँझमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अरूको मुख नहेरी सही निर्णय लिन सके अवसर प्राप्त होला।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ४० र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कन्या : आँटे-ताकेको कार्य पूरा होला। रोकिएको कामले पूर्णता पाउनेछ। पुनर्मिलनको योग छ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ। प्रेम प्रस्ताव आउन सक्छ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : नयाँ कार्यको थालनी हुनेछ र धनार्जनका स्रोत पत्ता लाग्नेछन्। शिक्षामा सफलता मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : पराक्रम बढ्नुका साथै शरीर स्वस्थ रहनेछ। नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सामान हराउन सक्छ विचार पुर्‍याउनु होला।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु : मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। सरकारी निकायको भय रहला। आर्थिक कारोबारमा मन्दी आउने र नियमित खर्च समेत बढ्ने योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज सकारात्मक भाव राख्ने। अरूको कुभलो नगर्ने।

मकर : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ७३, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८५, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। पहेँलो रङको प्रयोग नगर्ने।

कुम्भ : प्रेम सम्बन्ध बढेर जानेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। भोजभतेरमा सहभागी हुने अवसर आउनेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। प्रेममा जीवनमा सफलता प्राप्त हुनेछ। स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : मित्र तथा परिवारका सदस्यसँग भेटघाट हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। सेयर बजारको लगानीले साथ दिनेछ। नसोचेको ठाउँबाट धनागम हुन सक्छ।

भाग्यशाली रङ खैरो हो भने र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .