ad ad

समाज


बाढीमा दाउरा बटुल्न जाँदा पत्नीलाई खोलाले बगायो, पति घाइते

बाढीमा दाउरा बटुल्न जाँदा पत्नीलाई खोलाले बगायो, पति घाइते

फाइल फोटो


नेपालखबर
साउन १६, २०८१ बुधबार १४:५५, काठमाडौँ

बर्दियामा दाउरा संकलन गर्ने क्रममा महिलालाई बाढीले बगाएको छ।

बाँसगढी नगरपालिक–३ माहादेवास्थित मानखोलाले पार्वती चौधरीलाई बगाएको हो।

बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न लागेका पति–पत्नि दुवैलाई बाढीले बगाएकोमा पति जागु थारुको उद्धार गरिएको छ।

घाइते अबस्थामा उद्धार गरिएका उनको मेडिकल कलेज कोहलपुर पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

खोलाले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कतर्नियाबाट खटिएको  १० जना र नेपाल प्रहरीको संयुक्त टोलीले जागु थारुलाई घाइते अवस्थामा उद्धार गरेको थियो।

बेपत्ता भएकी पार्बतीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .