ad ad

समाज


कोरोनाको त्रासः चुम्बन नगर्न फ्रान्सेली स्वास्थ्यमन्त्रीको सुझाव

कोरोनाको त्रासः चुम्बन नगर्न फ्रान्सेली स्वास्थ्यमन्त्रीको सुझाव

नेपालखबर
फागुन १८, २०७६ आइतबार १२:२२,

चुम्बनबाट पनि कोरोनको संक्रमण फैलने भएपछि फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भेरानले चुम्बन नगर्न सुझाव दिएका हुन्।

‘ला बिसे’ संस्कार फ्रान्समा प्रचलित छ। ला बिसे संस्कारअनुसार मानिसहरुले एक अर्कालाई चुम्बन गर्दछन्।

मन्त्री भेरानले हात नमिलाउन पनि आफ्ना नागरिकहरुलाई आग्रह गरेका छन्। फ्रान्समा आइतबारसम्म एक सयजना कोरोनाबाट संक्रमित बनेका छन् भने त्यहाँ २ जनाको मृत्यु भएको छ।

आइतबारसम्म विश्वमा ८७ हजार ५०१ जनामा कोरोनाको संक्रमण देखिएको छ। तीमध्ये २ हजार ९९४ जनाको मृत्यु भइसकेको छ।

४१ हजार ९५८ जना उपचारपछि स्वस्थ बनेका छन्। चीनमा मात्र कोरोनाबाट संक्रमित ७९ हजार ८२४ छन् भने त्यहाँ मृतकको संख्या २ हजार ८७० पुगेको छ।

कोरोना हाल विश्वका ४० भन्दाबढी मूलुकमा फैलिसकेको छ। कोरोना प्रकोपले यतिबेला महामारीको रुप लिने खतरा देखिएको छ।

यो पनि।

कोरोनाभाइरस के हो? यसको संकेत देखिए के गर्नुपर्छ?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .