ad ad

राजनीति


प्रचण्डमाथि जुत्ता प्रहार भएपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

प्रचण्डमाथि जुत्ता प्रहार भएपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

नेपालखबर
फागुन १८, २०७६ आइतबार १२:४५,

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असहमति र मतभेद शान्तिपूर्ण र मर्यादित ढंगले व्यक्त गर्ने संस्कारको विकास गर्न आग्रह गरेका छन्।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा जुम्लाका रतन तिरुवाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुत्ता प्रहार गरेपछि अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

जुता प्रहार भएको केही समयमा नै समाजिक सञ्जाल ट्विटरमा पूर्वप्रधानमन्त्री भट्टराईले लोकतन्त्रमा आलोचनात्मक चेत आवश्यक भए पनि त्यसलाई व्यक्त गर्ने तरिका पनि लोकतान्त्रिक नै हुनुपर्ने प्रतिक्रिया दिएका छन्।

‘आफ्ना असहमति र मतभेद शान्तपूर्ण र मर्यादित ढंगले व्यक्त गर्ने संस्कार विकास गरौं’, प्रचण्डमाथि जुत्ता प्रहार भएको भिडियो ट्विटरमा सेयर गर्दै उनले लेखेका छन्, ‘ लोकतन्त्रमा आलोचनात्मक चेतना हुनैपर्छ तर त्यसलाई व्यक्त गर्ने तरिका पनि लोकतान्त्रिक हुनुपर्छ।’

रतनले सभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति कार्यक्रममा सम्बोधन सकेर मञ्चमा बस्न लाग्दा अध्यक्ष प्रचण्डलाई ताकेर हानेका थिए। तर, ताकेरै हानेको भए पनि जुत्ताले प्रचण्डलाई भने नलागेको प्रत्यक्षदर्शी बताएका छन्।

त्यसलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्‍याएको थियो। प्रचण्डको वर्गसम्बन्धी भाषण मन नपरेका कारण आवेगमा आएर आफूले जुत्ता प्रहार गरेको बयान रतले प्रहरीमा दिएको प्रहरी स्रोतले जनाएको छ।

उनीमाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .