नेपाल वायुसेवा निगमले फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान प्रारम्भ गर्ने भएको छ। एयरबस वाइडबडीबाट गरिने सिधा उडान सोमबार, बुधबार र शुक्रबार हुनेछ।
बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपराह्न ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ।
नेपालबाट जापान उडानमा २२० भन्दा बढी हुने र जापानबाट नेपाल फर्कदा २६८ बढी बुकिङ भैसकेको प्रवक्ता रचना खड्काले जानकारी दिइन्।
हालका लागि प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरिएको छ। यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ केजीका २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ केजीका २ वटा व्यागेजको सुविधा पाउनेछन्।
नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झट समेत समाप्त हुने निगमको दाबी छ।
प्रतिक्रिया