हत्या अभियोगमा धनुषाबाट दुई जना पक्राउ परेका छन्।
धनुषाधाम नगरपालिका–२ का भोगेन्द्र ठाकुरको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँका सुरजी मुखिया र उनका छोरा नागेश्वर कुमार मुखियालाई सोमबार पक्राउ गरेको हो।
पुरानो रिसईवीको कारण भोगेन्द्र र उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुरलाई कुटपिट गर्दा गम्भीर घाइते भएको र प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा भोगेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै कुटपिटबाट घाइते भएकी श्यामुको सोही अस्पतालमा उपचार भइरहेको छ।
यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ।
39
Shares
प्रतिक्रिया