ad ad

समाज


भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षका युवकको मृत्यु

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षका युवकको मृत्यु

नेपालखबर
साउन १३, २०८१ आइतबार ९:४९, काठमाडौँ

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षका युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का २० वर्षीय युवक गम्भीर घाइते भएका छन्। 

शनिबार दिउँसो भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीमा काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फबाट आउँदै गरेको बागमती प्रदेश ४ ख २९०१ नं को टिपरले पछाडिबाट ठक्कर दिएको थियो। 

दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर भई हाल भक्तपुर कमलबिनायक बस्दै आएका २१ वर्षीय सुवास तामाङ गम्भीर घाइते भएका थिए।

उनलाई प्रहरीले उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मोटरसाइकल पछाडि सवार काभ्रेको माहाकाल गाउँपालिका वडा नम्बर- ६  घर भई हाल भक्तपुरको कमलबिनायक बस्ने वर्ष २० का संजिव थापा घाइते भएका छन्। उनको मध्यपुर अस्पताल ठिमी अस्पताल भक्तपुरै उपचार भइरहेको छ। 

दुर्घटनापछि टिपर चालक काभ्रेको मण्डनदेउपुर गाउँपालिका–६ का २८ वर्षीय राज कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .