ad ad

बागमती


आज काठमाडौँ उपत्यकाका स्थानीय तहमा शोक बिदा

आज काठमाडौँ उपत्यकाका स्थानीय तहमा शोक बिदा

नेपालखबर
साउन १३, २०८१ आइतबार १०:२७, काठमाडौँ

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको शोकमा आज (आइतबार) काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ।

मिर्गाैला रोगबाट पीडित मेयर नकर्मीको उपचारका क्रममा गत बिहिबार वीर अस्पतालमा मृत्यु भएको थियो।

उक्त शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले सूचना जारी गरी आज आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायत सार्वजनिक कार्यालय बन्द रहने जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .