ad ad

समाज


दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगो लाग्यो

दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगो लाग्यो

दाङमा गुडिरहेका बेला एक्कासि आगो लागेपछि रोकिएको ट्रक।


नेपालखबर
साउन १३, २०८१ आइतबार ९:३, काठमाडौँ

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको छ। 

दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील थापामगका अनुसार आज बिहान कञ्चनपुरको महेन्द्रनगरबाट दाङको लमही आउँदै  गरेको सुपप्र ०१–००१ ख ३३२७ नम्बरको ट्रकमा आफैँ आगो लागेको हो। 

घटना आइतबार बिहान ४:२५ बजे भएको उनले बताए। 

‘ट्रकमा चालकसमेत ३ जना हुनुहुन्थ्यो’, प्रहरी निरीक्षक थापामगरले भने, ‘तर उहाँहरू तीनै जनाको सकुशल उद्धार भएको छ।’

आगलागीबाट ट्रकको इन्जिन र बम्परको भाग तथा ६ वटा टायर जलेर नष्ट भएको उनले जानकारी दिए। 

ट्रक खाली थियो। उक्त ट्रक सिमेन्ट लिन लमहीस्थित सिमेन्ट उद्योग आउँदै थियो।  

ट्रकमा आगो लागेको खबर पाउनासाथ अस्थायी पोस्ट रिहारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। 

‘वायरिङको तार सर्ट भएर आगो लागेको अनुमान छ,’ प्रहरी निरीक्षक थापामगरले भने। 

ट्रकमा आगलागीका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .