ad ad

समाज


गोरखामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता

गोरखामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता

फाइल तस्बिर


नेपालखबर
साउन १३, २०८१ आइतबार ८:२४, काठमाडौँ

गोरखामा गयराति पहिरोले घर पुरिँदा एकै घरका पाँच जना बेपत्ता भएका छन्। 

गोरखाको उत्तरी धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एक पुरिँदा ५ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले जानकारी दिए।

‘आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङको घर पुरिँदा ५ जना बेपत्ता भएका छन्,’ एसपी पाठकले नेपालखबरसँग भने, ‘दुईजनालाई गम्भीर घाइते अवस्थामा स्थानीयले उद्धार गरेका छन्।’

घटनास्थलमा अझै प्रहरी पुगेको छैन। ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनस्थलतिर जाँदैछन्,’ उनले भने, ‘नजिकैको प्रहरी चौकीबाट पनि घटनास्थलमा पुग्न चार घण्टा लाग्छ।’ 

प्रहरी टोली लाप्राक र माछाखोलाबाट घटनास्थलतर्फ गइरहेको उनले बताए। बेपत्ताहरुको नाम खुल्न बाँकी छ। 

‘घाइतमध्ये एक जनाको अवस्था गम्भीर रहेको खबर आएको छ,’ एसपी पाठकले भने, बेपत्ता हुने पाँच जना एकै घरका हुन् कि होइनन्, त्यो पनि खुलेको छैन।’ 

उनले त्यो क्षेत्रमा विद्युत् आयोजनाहरु निर्माणको चरणमा रहेकाले त्यो घरमा विद्युत् आयोजनामा कामगर्ने मजदुर पनि बस्ने गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .