ad ad

ग्लोबल


दिल्लीको एक कोचिङ इन्स्टिच्युटमा पानी पस्दा ३ विद्यार्थीको मृत्यु

दिल्लीको एक कोचिङ इन्स्टिच्युटमा पानी पस्दा ३ विद्यार्थीको मृत्यु

नेपालखबर
साउन १३, २०८१ आइतबार ८:३१, काठमाडौँ

भारतको राजधानी दिल्लीस्थित एक कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी  जमेर तीन विद्यार्थीको मृत्यु भएको छ।

मिडिया रिपोर्टका अनुसार फेला परेका शव दुई छात्रा र एक छात्रको छ।

यो दुर्घटना दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको यूपीएससी कोचिङ सेन्टरमा शनिबार भएको हो।

मध्य दिल्लीका डीसीपी एम हर्षवर्धनले मृत्यु भएका सबैको शव निकालिएको बताएका छन्। 

बेसमेन्टबाट लगातार पम्पमार्फत पानी निकाल्ने काम भइरहेको उनले बताए। 

बेसमेन्टमा फसेका १३–१४ विद्यार्थीको उद्धार गरिएको छ। तीमध्ये तीन जनालाई अस्पताल पठाइएको छ।

यस कोचिङमा तीनै जना विद्यार्थी यूपीएससी सिभिल सर्भिस परीक्षाको तयारी गरिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .