ad ad

समाज


बेचनको अनुसन्धान नसकिँदै डीआईजी केसीको सरुवा, विशेष ब्युरोमा अधिकारी

बेचनको अनुसन्धान नसकिँदै डीआईजी केसीको सरुवा, विशेष ब्युरोमा अधिकारी

नेपालखबर
साउन १२, २०८१ शनिबार २१:१, काठमाडौँ

नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष  रोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा भएको छ। केसी दुई महिना नपुग्दै ब्युरोबाट सरुवा भएका हुन्।

डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्युरोमा पदस्थापन गरिएको थियो। तर सरकार परिवर्तन भएसँगै पहिलो निशानामा केसी परेका छन्। केसी नक्कली भुटानी शरणार्थीको फाइल अगाडि बढाउने अधिकृत हुन्। उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाइएको थियो।

पछिल्लोपल्ट बेचन झालाई पनि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर विदेश रहेका बेला भारतबाट ल्याइएको थियो। भारतीय प्रहरीले बेचन र प्रतीक थापालाई पक्राउ गरेर विशेष ब्युरोसँग समन्वय गरी नेपाल पठाएको थियो। 

धेरै भीआईपीको संलग्नताबारे सूचनाका लागि महत्त्वपूर्ण ठानिएका बेचनमाथिको अनुसन्धान विचाराधीन नै छ। प्रतीक भने अघिल्लै मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। बेचनको अनुसन्धान नसकिँदै उनलाई केसीलाई ब्युरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। 

त्यहाँ कार्यरत केसीकै ब्याची राजन अधिकारीलाई विशेष ब्युरोमा ल्याइएको छ। पछिल्लो समय केसीको प्रहरी महानिरीक्षक कुँवरसँग पनि सम्बन्ध बिग्रिएको थियो। 

यस्तै सरकारले सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवाली र काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेलाई पनि सरुवा गर्ने तयारी गरिरहेको छ।

सीआईबी प्रमुखलाई तत्काल हटाउने तयारी भइरहे पनि काठमाडौं प्रमुख रजौरेलाई भने बेचनको अनुसन्धान सकिएपछि मात्रै सरुवा गर्ने तयारीमा गृह मन्त्रालय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .