समाज


वीरगञ्जको चौधरी होटलमा एक व्यक्ति मृत भेटिए

वीरगञ्जको चौधरी होटलमा एक व्यक्ति मृत भेटिए

नेपालखबर
फागुन १८, २०७६ आइतबार ७:४८,

वीरगञ्जको एक होटलमा कोठा लिएर बसेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।

वीरगञ्जको चौधरी होटल एन्ड लजमा एक व्यक्ति मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका १६ बसपार्कमा करिव ५० वर्षीय जीवन लामा मृत फेला परेका हुन्।

होटलको कोठा नम्बर ११२ मा भेटिएका लामा काठमाडौं बस्दै आएको भए पनि उनको एकिन ठेगाना पत्ता नलागेको प्रहरीले जनाएको छ।

आइतबार बिहान होटलको कोठामा लामा मृत अवस्थामा भेटिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। लामाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad