ad ad

रोचक


फट्यांग्रा नियन्त्रण गर्न चीनले पाकिस्तानमा एक लाख हाँस पठाउने!

फट्यांग्रा नियन्त्रण गर्न चीनले पाकिस्तानमा एक लाख हाँस पठाउने!

नेपालखबर
फागुन १८, २०७६ आइतबार ७:५०,

‘सलह’ फट्यांग्राले खाद्यबालीहरु नष्ट गर्न थालेपछि पाकिस्तानले यसैहप्ताको सुरुवातमा आपतकालीन अवस्थाको घोषणा गरेको थियो।

फट्यांग्राले पाकिस्तानको खाद्यबालीमा दुई दशकयता नै सबैभन्दा बढी क्षति पुर्याएको पाकिस्तानले बताएको थियो।

यस लगत्तै चीनले उक्त फट्यांग्राको चुनौतीसँग जुध्न आफ्नो विशेषज्ञसहितको टोली पाकिस्तानमा खटाउने बताएको छ।

सलह फट्यांग्राले खाद्यबालीहरु पूर्ण रुपमा नष्ट गर्नसक्छ। जसका कारण खानाको अभावले भोकमरी निम्तनसक्छ।

गत महिनामात्र सलह फट्यांग्राले दक्षिण सुडानमा भोकमरी निम्त्याएको एक प्रतिवेदन सार्वजनिक भएको थियो।

यो पनिः

फट्यांग्राले दक्षिण सुडानमा निम्त्यायो भोकमरी

चीनको विशेषज्ञ टोलीले एक हाँसले दिनमा २ सयवटा फट्यांग्रा खाने बताएको छ। चीनले पाकिस्तानमा एक लाख हाँस खटाउने बताइएको छ।

हाँस किटनासक औषधिभन्दा राम्रो उपाय भएको चिनियाँ विज्ञले बताएका छन्। एजेन्सी

Image result for Locust swarms

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .