ad ad

समाज


सहकारी ठगीका ६८५ वटा मुद्दा अदालतमा विचाराधीन

सहकारी ठगीका ६८५ वटा मुद्दा अदालतमा विचाराधीन

नेपालखबर
साउन १०, २०८१ बिहिबार २१:३९, काठमाडौँ

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीसँग सम्बन्धित मुद्दाहरुको सम्बन्धमा महान्यायाधिवक्ता र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल गरेको छ।

बिहीबारको समितिको बैठकमा समितिले महान्यायाधिवक्ता रमेश बडाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेलसँग छलफल गरेको हो।

उनीहरुसँग सहकारीसँग सम्बन्धित मुद्दाहरु, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटहरुका सन्दर्भमा छलफल भएको समिति सभापति सूर्य थापा क्षेत्रीले जानकारी दिए।

उनले महान्यायाधिवक्ताको कार्यालयको तथ्य अनुसार सहकारी ठगिका १५१ वटा मुद्दाहरु रहेको पाइएको जानकारी दिए। त्यसैगरी देशभरका अदालतमा ६८५ वटा मुद्दा सहकारीबारे रहेको पाइएको पनि उनले बताए।

महान्यायाधिवक्ताको कार्यालयको तथ्य अनुसार सहकारी ठगिका १५१ वटा मुद्दा छन्। ललितपुरमा १४, भक्तपुरमा ४, कास्की ६, चितवन ९, मोरङ ८, सुनसरी ६, कैलाली ४, रुपन्देही ४, बाँके ४ जस्ता रहेका छन्। जम्मा २१४ वटा फौजदारी अभियोग लागेका मुद्दाहरु रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .