समाज


जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की

पत्रकार महासंघद्वारा विरोध
जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की

नेपालखबर
साउन १०, २०८१ बिहिबार १४:१, काठमाडौँ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई एक व्यक्तिले ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले घटनाको भर्त्सना गरेको छ।

आफूलाई नेकपा विप्लवको विद्यार्थी संगठनको सचिवालय सचिव बाउने कपिल सीले श्रेष्ठलाई फोन गरेर अश्लील लागीलगौज गर्दै भौतिक कारबाहीको धम्की दिएको महासंघका महासचिव रोशन पुरीले बताएका छन्। 

‘साउन ८ गते मोबाइलबाट उनले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी प्रधान सम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको श्रेष्ठले महासंघलाई जानकारी गराउनु भएको छ,’ पुरीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको आपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार हो।’

महासचिव पुरीले प्रधानसम्पादक श्रेष्ठ र उहाँकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने बम हानेर घर उडाइदिने जस्ता धम्की पनि दिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

श्रेष्ठले महासंघलाई दिएको जानकारी अनुसार सोही दिन सानेपाको धोबिघाटस्थित पत्रिकाको कार्यालयमा हतियारसहित केही व्यक्ति प्रवेश गरेर कार्यालयका कर्मचारीहरूलाई धम्कीसमेत दिएका छन्।

पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयमा आएका एक व्यक्ति प्रवेश गरेर धम्कीपूर्ण भाषा प्रयोग गरी कार्यालयका रहेका सबै कर्मचारीलाई धम्क्याएर ‘एक घण्टाभित्र हाजिर हुन आउने, नआए बम हानेर कार्यालय उडाइदिने’ भनेर धम्क्याउँदै पत्रिका प्रकाशन कार्यमा समेत अवरोध गरेको जानकारी प्राप्त भएको छ।’

समाचारसँग सम्बन्धित विषयमा चित्त नबुझेका कुरा भए वार्ता र संवादका माध्यम वा कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा त्यसो नगरी आपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार भएको महासंघको ठहर छ।

पत्रकारलाई आतंकित, त्रसित र हतोत्साहित बनाउने लाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर महासंघले सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad