ad ad

समाज


बाढी महाशाखाको चेतावनी- काठमाडौँसहित यी १६ जिल्लामा उच्च सावधानी अपनाइराखौँ

आज ३५ जिल्लामा बाढीको जोखिम
बाढी महाशाखाको चेतावनी- काठमाडौँसहित यी १६ जिल्लामा उच्च सावधानी अपनाइराखौँ

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन ८, २०८१ मंगलबार १०:४९, काठमाडौँ

आज (मंगलबार) काठमाडौँसहित १६ जिल्लामा बाढीको ‘मध्यम जोखिम’ देखिएको भन्दै स्थानीय नागरिकलाई उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।   

महाशाखाकाा अनुसार आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ, कास्की, पर्वत, सल्यान, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरूमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो। 

महाशाखाले अगाडि भनेको छ–  उच्च सावधानी अपनाइराखौँ। 

साथै आज संखुवासभा, सिन्धुली, रसुवा, धादिङ, गोरखा, तनहुँ, चितवन, ण्नवलपरासी (बर्दघाट सुस्तापूर्व), गुल्मी, बागलुङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोटी, डडेलधुरा, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरूमा बहाव बढ्ने अनुमान छ।

महाशाखाले अगाडि भनेको छ– सतर्कता अपनाइराखौँ।

बाढीबारे विस्तृत जानकारी तल-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .