ad ad

समाज


प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
साउन ६, २०८१ आइतबार १५:३८, चितवन

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुष्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार, साउन ४ गते वडा नं २, बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना २१ प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाइरहेका थिए।

श्रेष्ठको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .