काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ को ताईचे खोलास्थित गोरेटो बाटोबाट चिप्लिएर जंगलमा अलपत्र एक विदेशी नागरिकको उद्धार गरिएको छ।
फ्रान्स घर बताउने अन्दाजी ५५ वर्षीया सिन्थिया पेट्रिग् नाम गरेकी महिलालाई प्रहरी चौकी श्यामपाटीबाट खटिएको टोलीले शुक्रबार बिहान साढे ११ बजे उद्धार गरेको हो। उनी नमोबुद्ध भ्रमण गरेर फर्कने क्रममा बोटाबाट चिप्लिएर ५ फिट तल पुगेकी थिइन्।
खोल्सामा उठ्न नसक्ने अवस्थामा देखेपछि प्रहरीले उद्धार गरेको हो। उनैले प्रहरीको आकस्मिक नम्बरमा फोन गरेपछि उद्धार भएको हो।
उनलाई अहिले प्रहरीले चौकीमा सुरक्षा दिएर राखेको छ। उद्धार गरिएकी महिलाको शरिरमा कुनै निल डाम, घाउ, चोटपटक नभएको प्रहरीले बताएको छ।
उनी यूएन अन्तर्गतको एक विदेशी संस्थाको कर्मचारी भएको बुझिएपछि अहिले प्रहरीले कार्यालयसँग समन्वय गरिरहेको छ।
Shares
प्रतिक्रिया