ad ad

समाज


नयाँ बानेश्वरको सडकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्किएपछि...

नयाँ बानेश्वरको सडकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्किएपछि...

भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको सार्वजनिक बसमा बानेश्वर चोकमा गुडिरहेको अवस्थामा निस्केको धुँवा (तस्बिरः रत्न श्रेष्ठ/रासस)


नेपालखबर
साउन ३, २०८१ बिहिबार १२:३०, काठमाडौँ

नयाँ बानेश्वरस्थित सडकमा गुडिरहेको एक बसबाट बिहीबार (साउन ३) बिहान धुँवाको मुस्लो निस्किएको छ।

भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३  ०१  ००५ ख ९५५४ नम्बरको सार्वजनिक बसमा धुँवा निस्किएपछि यात्रुहरू बाहिर निकालिएको थियो। 

धुँवा निस्केको देखेपछि यात्रुहरू सबैलाई गाडीबाट झारिएको थियो। 

बसका चालकले बस स्टार्ट बन्द गरेसक्दा पनि केहीबेर धुवाँ आइरहेको थियो। केहीबेरमा धुवाँ आउन बन्द भएको र अहिले अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .