ad ad

समाज


विद्यार्थीलाई सूचना प्रविधियुक्त बनाउन धनगढी उपमहानगर र लर्डबुद्धबीच सहकार्य

विद्यार्थीलाई सूचना प्रविधियुक्त बनाउन धनगढी उपमहानगर र लर्डबुद्धबीच सहकार्य

नेपालखबर
साउन २, २०८१ बुधबार १४:५०, काठमाडौँ

लर्डबुद्ध एजुकेसन फाउन्डेसन र धनगढी उपमहानगरपालिकाबीच शैक्षिक सहकार्यको सहमति भएको छ। दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यले फाउन्डेसन र धनगढी उपमहानगरबीच शैक्षिक सहकार्यको सहमति भएको हो।

सहकार्य सम्बन्धी सम्झौता पत्रमा लर्डबुद्ध एजुकेसशन फाउन्डेसनका अध्यक्ष पङ्कज जालान र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले हस्ताक्षर गरे।

विद्यार्थीलाई नेपालमा उपलब्ध व्यावसायिक मार्ग पहिचान सहित सुनिश्चित भविष्यका लागि करिअरको निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ। साथै उनीहरूलाई भविष्यको लागि मार्ग दर्शन र बहु आयामिक क्षेत्रमा अन्तर्दृष्टि प्रदान गर्दै,  मुलुकभित्रै शिक्षा र रोजगारीका सम्भावनाबारे जानकारी प्रदान गरिने, सहमति पत्रमा उल्लेख छ।

यो कार्यक्रम मार्फत विद्यार्थी र शिक्षकको प्राविधिक र डिजिटल सीप विस्तार गर्दै, वृहत् प्रशिक्षण कार्यक्रम मार्फत रोजगार बजारको लागि तयार पारिने लक्ष्य राखिएको छ। तालिमले नवीनतम प्रविधि, सञ्चार सीप, डिजिटल उपकरण क्लाउड कम्प्युटिङ लगायत विभिन्न क्षेत्र समेट्नेछ। धनगढी उपमहानगरभित्रका युवाहरूलाई सूचना प्रविधियुक्त बनाउन लर्डबुद्ध एजुकेसन फाउन्डेसनसँग शैक्षिक सहकार्य गर्न लागिएको मेयर हमालले बताए।

सहमति अनुसार, अबदेखि धनगढी उपमहानगरपालिकाले गरेको सिफारिसका आधारमा कक्षा १२ सकेका २ जना विद्यार्थीले विद्यापीठमा बीएससी आईटी तहमा निःशुल्क पढ्न पाउने छन्। ३ जनाले ल्याब फी र ट्युसन फी तथा ३ जनाले ट्युसन फीमा पूर्ण छात्रवृत्ति पाउनेछन्।

धनगढी उपमहानगरकै सिफारिसमा, अरू योग्य विद्यार्थीले नेसनल आईसीटी स्कलरसिपका साथै अरू अवसर पनि पाउने गरी सहमति भएको फाउन्डेसनका अध्यक्ष पङ्कज जालानले जानकारी दिए। विद्यार्थीलाई पढ्दै कमाउँदै नीति अन्तर्गत फाउन्डेसनले विभिन्न क्रियाकलाप गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .