ad ad

समाज


चन्द्रागिरि केबलकारमा अड्किए यात्रु, ८ जनाको उद्धार

चन्द्रागिरि केबलकारमा अड्किए यात्रु, ८ जनाको उद्धार

फाइल फोटो


नेपालखबर
साउन २, २०८१ बुधबार १४:५९, काठमाडौँ

चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ती बन्द हुँदा यात्रु फसेका छन्।

बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका हुन्।

केबलकारमा फसेका यात्रुको प्रहरीले उद्धार प्रयास गरिरहेको छ।

स्टेसननजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

तर, जंगलको बीचमा रहेका डब्बाबाट यात्रुलाई उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

अड्किएका यात्रुलाई वैकल्पिक उपायाबाट तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त थानकोटका अनुसार जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .