ad ad

समाज


पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति ‘उपभोक्ता मञ्च नेपाल’को विरोध

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति ‘उपभोक्ता मञ्च नेपाल’को विरोध

नेपालखबर
साउन १, २०८१ मंगलबार २२:०, काठमाडौँ

उपभोक्ता मञ्च नेपालले हालै पेट्रोलियम पदार्थमा गरिको मूल्यवृद्धिको विरोध गरेको छ।

मञ्चका प्रवक्ता उज्वल राज गौतमले विज्ञप्ति प्रकाशित गरी मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा ४ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो।

‘छोटो समयको अन्तरालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर रुप मा बढ्दै गएको र पटकपटक गरी भएको इन्धनको मूल्य वृद्धि सँगसँगै सार्वजनिक यातायात का साथ साथै दैनिक उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुने गर्दा सर्वसाधारण आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ  यो मूल्यवृद्धिको निर्णय तत्कालै फिर्ता लिन र उपभोक्ता हक हित संरक्षण तथा आम नागरिक लाइ सहुलियत दिने एवम् जनजीविकाको सवालमा सरकार सम्वेदनशील छ भन्ने कुरा को प्रत्याभुति दिलाउन समेत उपभोक्ता मञ्च नेपाल जोडदार माग गर्दछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .