ad ad

समाज


मनसुनी रेखा नेपालबाट केही टाढा भयो, अब ३ दिन वर्षा घट्ने सम्भावना

मनसुनी रेखा नेपालबाट केही टाढा भयो, अब ३ दिन वर्षा घट्ने सम्भावना

केही दिनअघि खिचिएको काठमाडौँ चन्द्रागिरी क्षेत्र।


नेपालखबर
असार २९, २०८१ शनिबार १४:१६, काठमाडौँ

आज (शनिबार) देखि मनसुनको सक्रियता केही कम भएको र वर्षाको मात्रा घट्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

गत बुधबार रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आउँदा बिहीबार र शुक्रबार देशभर व्यापक वर्षा भएको थियो। 

तर आजदेखि मनसुनको न्यून चापीय रेखा नेपालबाट केही तल सरेकाले वर्षाको मात्रा घट्ने सम्भावना देखिएको महाशाखाकी मौसमविद् बिनु महर्जनले बताइन्। 

‘आजदेखि हिजोअस्तिको जस्तो धेरै ठूलो वर्षा हुँदैन’, मौसमविद् महर्जनले शनिबार दिउँसो नेपालखबरसँग भनिन्, ‘अब कम्तीमा ३ दिनलाई वर्षाको मात्रा अलि कम नै हुन्छ।’

तर आज कोसी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको उनले बताइन्। 

आज काठमाडौँ उपत्यकामा पनि घाम लागेको छ। ‘अपराह्नपछि बादल बढेर वर्षा हुने सम्भावना छ’, उनले भनिन्। 

यसअघि गत बुधबार विशेष बुलेटिन जारी गरी मौसम महाशाखाले मनसुनी रेखा नेपालनजिक भएकाले व्यापक वर्षाका कारण बाढीपहिरोबाट बच्न असार २९ गते (आज) बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको थियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .