ad ad

समाज


४ प्रदेशका केही ठाउँमा आज पनि भारी वर्षाको सम्भावना

४ प्रदेशका केही ठाउँमा आज पनि भारी वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८१ शनिबार ६:३६, काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला (शनिबार बिहान)गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि मौसम पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिकदेखि मौसम साधारणतया बदलीको अवस्थामा छ। 

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानका साथै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी  प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ। 

२०८१ असार ३० गते आइतबार
दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एकदुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही  स्थानहरूमा साथै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार ३१ गते सोमबार
दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभरका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र लुम्बनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी,  बागमती र गण्डकी प्रदेशका एकदुई  स्थानमा भारीदेखी धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोसी,  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानका साथै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .