ad ad

समाज


आज राति मनसुनी रेखा अझ नेपालतिर सर्ने, २९ गते बिहानसम्म सजग हुनुपर्ने

यी ४३ जिल्ला उच्च जोखिममा
आज राति मनसुनी रेखा अझ नेपालतिर सर्ने, २९ गते बिहानसम्म सजग हुनुपर्ने

हालैको वर्षापछिको बाढीले डुबानमा परेको कञ्चनपुर क्षेत्र


नेपालखबर
असार २६, २०८१ बुधबार १८:५५, काठमाडौँ

पानी पार्ने मौसम प्रणाली मनसुन आज (बुधबार) रातिदेखि अझ सक्रिय हुने र देशभर वर्षाको मात्रा बढ्ने भएकाले सजगता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ। 

मौसम महाशाखाले बुधबार साँझ विशेष बुलेटिन जारी गरी हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थान आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको र आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको जानकारी दिएको हो। 

साथै भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली पनि विकास हुने देखिएको छ। 

महाशाखाले अगाडि भनेको छ, ‘यी दुवै प्रणालीाहरूको प्रभावले आज मिति २०८१/०३/२६ गतेको रातिदेखि मिति २०८१/०३/२९ गतेको बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताको लागि यो विशेष बुलेटिन जारी गरिएको छ।’

महाशाखाका अनुसार आज असार २६ गते रातीदेखि असार २९ गते बिहानसम्म कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थान र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षा तथा कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैबीच महाशाखाले सो अवधिमा देशका ४३ जिल्ला उच्च जोखिममा रहेको जनाएको छ।

ती ४३ जिल्ला यसप्रका छन्- ताप्लेजुङ, पाँचथर, सिराहा, मकवानपुर, सप्तरी, चितवन, संखुवासभा, धनुषा, सिन्धुपाल्चोक, तेह्रथुम, बारा, दोलखा, म्याग्दी, बागलुङ, कास्की, पर्वत, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, मोरङ, पर्सा, झापा, रौतहट, धादिङ, सिन्धुली, स्याङ्जा, नवलपरासी पश्चिम, तनहुँ, दाङ, सुनसरी, सर्लाही, रसुवा, नवलपरासी पूर्व, इलाम, महोत्तरी, लमजुङ, धनकुटा, गोर्खा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुर।

यस्तै यी २६ जिल्ला वर्षाजन्य विपद्‌को मध्यम जोखिममा रहेको महाशाखाले जानकारी दिएको छ।

ती हुन्- ओखलढुङ्गा, रामेछाप, काठमाडौँ, भक्तपुर, ललितपुर, मनाङ, बाँके, मुस्ताङ, बर्दिया, रुकुम पूर्व, सल्यान, रोल्पा, काभ्रेपलाञ्चोक, प्युठान, नुवाकोट, अर्घाखाँची, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, रुकुम पश्चिम, डोटी, जाजरकोट, अछाम र बैतडी।

यसैगरी यी ७ जिल्ला बाजुरा, डोल्पा, कालिकोट, दार्चुला, बझाङ, जुम्ला र हुम्ला भने वर्षाको न्यून जोखिममा रहेको महाशाखाले जनाएको छ। 

हेर्नुहोस् मनसुन विशेष बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .