भक्तपुरमा तीव्र गतिका दुई स्कुटर ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्की एक महिला घाइते भएकी छन्।
सूर्यबिनायक नगरपालिका- ७ गुण्डु तीनधारेमा मंगलबार बिहान बागमती प्रदेश ०२-०२२ प १७४८ नम्बरको स्कुटर र बागमती प्रदेश ०२-०१७ प ५०१२ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा बाप्र ०२-०२२ प १७४८ नम्बरको स्कुटरका चालक सूर्यबिनायक नगरपालिका ५ कटुन्जे थापागाउँ घर भएका २२ वर्षीया राजाराम थापा मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएकी बा.प्र.०२-०१७ प ५०१२ नम्बरको स्कुटरकी चालक सूर्यविनायक नगरपालिका- ५ की ४९ वर्षीया पार्वती नगरकोटीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया