ad ad

राजनीति


एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया आजबाट

एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया आजबाट

नेपालखबर
असार १९, २०८१ बुधबार ७:१९, काठमाडौँ

काठमाडौँमा जारी नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुँदैछ।

बुधबार बिहान ११ बजेदेखि सुरु हुने बन्द सत्रमा प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने एक नेताले जानकारी दिए। 

महाधिवेशनको वन्त्र सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेज प्रस्तुत भएका छन्। ती दस्तावेजमाथिको समूहगत छलफलको निष्कर्ष आएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। 

अध्यक्ष र पदाधिकारीसहित २९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेपछि महाधिवेशन भोलि (बिहीबार) समापन गर्ने कार्यतालिका छ। एकीकृत समाजवादीको अध्यक्षमा निवर्तमान अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताले इच्छा देखाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .