ad ad

समाज


‘दुई महिनाभित्र चीनमा कोरोनाभाइरस नियन्त्रणमा आउँछ’

‘दुई महिनाभित्र चीनमा कोरोनाभाइरस नियन्त्रणमा आउँछ’

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ९:३,

स्वासप्रस्वास रोग सम्बन्धी अनुसन्धान गर्ने रिसर्च सेन्टरका निर्देशक झोङ नानसनले बिहीबार एक पत्रकार सम्मेलनमा अप्रिल महिनाको अन्त्यसम्ममा चीनमा कोरोनाको संक्रमण नियन्त्रणमा आउने दाबी गरे।

उनले भने,‘हामीले मध्ये फेब्रुअरीमा कोरोनको संक्रमण उच्च रुपमा फैलने अनुमान गरेको थियौं। ६० देखि ७० हजार संक्रमित बन्ने अनुमान गरेका थियौं। त्यसपछि बिस्तारै संक्रमण घट्दै जाने बताएका थियौं। अहिले संक्रमितको संख्या चीनमा ७८ देखि ७९ हजारको हाराहारीमा छ।’

उनका अनुसार चीनका संक्रमितको संख्या घट्दैछ। उपचारले सकारात्मक परिणाम दिइरहेका कारण दुई महिनाभित्र कोरोनाको संक्रमण चीनमा नियन्त्रणमा आउने उनको भनाइ छ।

बुधबार मात्र विश्व स्वास्थ्य संगठनले कोरोनको संक्रमण चीनमाभन्दा बढी बाहिर देखिएको बताएको थियो। तथ्यांकले पनि त्यही देखाइरहेको छ।

 चीनमा कोरोनाभाइरसबाट संक्रमित हालसम्म ३२ हजार ७५६ जना उपचारपछि स्वस्थ बनेको तथ्यांक छ। दैनिक कोरोनाबाट संक्रमित उपचारपछि स्वस्थ बन्न थालेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले पनि बताएको छ।

करिब ४० देशमा फैलिसकेको कोरोनाबाट बिहीबार बिहानसम्म ८२ हजार १ सय ३८ जना संक्रमित बनिसकेका छन्। २८ सय एकको मृत्यु भइसकेको छ।

चीनमा हालसम्म ७८ हजा ४९७ जना संक्रमित छन्। त्यहाँ मृतकको संख्या २७ सय ४४ पुगिसकेको छ। एजेन्सी

यो पनि:

कोरोनाको प्रभाव चीनमा भन्दा बाहिर बढी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .