ad ad

समाज


पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८१ मंगलबार ९:५६, काठमाडौँ

अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। 

बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर सडक अवरुद्ध भएको हो। 

सडक अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकका गाडी, जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउ गर्ने सवारीसाधन ठप्प भएका छन्। 

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको यो आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेको बताए। 

‘वर्षा नरोकिँदासम्म सडक खुलाउन सकिँदैछ,’ उनले भने, ‘अहिले भारी वर्षा जारी रहेको हुँदा सडक खुलाउन सकिएको छैन। अहिले पनि सडकमाथिबाट लगातार पहिरो खसिरहेको छ।’

यसैगरी करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध भएको छ। 

भारी वर्षाका कारण पहिरो हटाएर खुलाउन नसकिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए। सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ सिधा यातायताबाट बिच्छेद भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .