ad ad

समाज


अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरका इन्जिनियर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरका इन्जिनियर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार १६, २०८१ आइतबार १९:३०, काठमाडौँ

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अधिकारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सो सम्बन्धमा अनुसन्धान हुँदा उनले भारतको कोलकतास्थित  द इन्स्टिच्युट अफ इन्जिनियर्स (इन्डिया), कोलकाताबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पास गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड (सहायक स्तर प्रथम प्रा.) पदमा नियुक्ति लिएको अख्तियारको आरोप छ।

उनले हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियारले ठहर गरेको छ।

अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .