ad ad

समाज


पाल्पाका अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग

पाल्पाका अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग

नेपालखबर
असार १८, २०८१ मंगलबार १७:४४, रामपुर

पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित ६ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन्।

हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन्। दुवै संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरुप उक्त रकम लत्ताकपडा उपलब्ध गराएका हुन्।

गत वैशाखामा भएको आगलागीबाट हेक्लाङ खुमडाँडाका छ वटा घर नष्ट थिए। आगो जङ्गलबाट फैलिएको हो।

दातृ संस्थाकी पदाधिकारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यको उपस्थितिमा आज नगद र लत्ताकपडा प्रदान गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .