ad ad

समाज


क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पेस्तोलसहित पक्राउ

क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पेस्तोलसहित पक्राउ

नेपालखबर
असार १८, २०८१ मंगलबार १९:१९, काठमाडौँ

बाराको कलैयास्थित रामराजा (मो.वि.शा) बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण प्रसाद कुशवाहालाई गोली हानी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–५ पथरा टोलमा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमार रहेका छन्।

गत जेठ ३२ गते सवा ५ बजेको समयमा आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया निवासी तत्कालीन क्याम्पस प्रमुख वर्ष ५० का हरि भुषण प्रसाद कुशवाहाको गोली हानी हत्या भएको थियो।

सो घटनाको अनुसन्धानका क्रममा उक्त घटनामा प्रयोग भएको हतियार चमारले आफ्नो बारीमा गाडी लुकाई छिपाई राखेको अवस्थामा २ थान पेस्तोल तथा १ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

सो हतियारसहित चमारलाई असार १७ गते पक्राउ गरेको हो। उनीविरुद्ध ज्यान सम्बन्धी तथा हातहतियार खरखजाना सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .