शुक्रबार काठमाडौँबाट पक्राउ परेका प्रतीक थापालाई प्रहरीले आज अदालतमा पेस गर्दैछ।
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक पूर्वगृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन्।
उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो। उनलाई आज प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गर्न लागेको हो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ।
उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा प्रहरीले सजाय माग गरेको छ।
प्रतिकसँगै प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका अर्का अभियुक्त बेचन झालाई पनि आजै अदालतमा पेस गर्दै छ। झा शनिबार पक्राउ परेका हुन्।
हिजो शनिबार भएकाले प्रहरीले उनीहरुलाई आज अदालत लैजान लागेको हो।
- पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक काठमाडौँबाट पक्राउ
- नक्कली भुटानी शरणार्थी प्रकरण: बादलका छोरापछि बेचन झा पक्राउ
Shares
प्रतिक्रिया