ad ad

समाज


धनुषामा ११ वर्षीया बालिका सामूहिक बलात्कार गरी भिडियो निर्माण

धनुषामा ११ वर्षीया बालिका सामूहिक बलात्कार गरी भिडियो निर्माण

शैलेन्द्र महतो
फागुन १५, २०७६ बिहिबार ३:१५,

धनुषामा ११ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकाे घटना सार्वजनिक भएको छ।

जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका ५ गजरियाकी ११ वर्षीया बालिकालाई दुई युवकले बलात्कार गर्दै फोटो र भिडियो खिचेको घटना सार्वजनिक भएको हो।

यही फागुन १० गते घरछेउको खेतमा घाँस काटिरहेकी बालिकालाई स्थानीय ३२ वर्षीय श्रीकिसुन र २२ वर्षीय अनिल ठाकुरले बलात्कार गरी भिडियो फोटो खिचेको भिडियो खिचेको पीडित परिवारको  आराेप छ। 

पीडितका अनुसार बलात्कार गरेर फोटो भिडियो खिची कसैलाई भने सामाजिक सञ्जालमा भाइरल बनाइदिने चेतावनी ती युवकले दिएका थिए।

पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो।

उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न ३२ वर्षका श्रीकिसुन दासलाई पक्राउ गरेको छ।

अर्का आरोपित २२ वर्षीय अनिल ठाकुर भने फरार छन्।

उनकाे व्यापक खोजी तथा घटनाकाे थप अनुसन्धान भइरहेकाे धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .