ad ad

समाज


जनकपुरमा नक्कली लाइसेन्स बनाई लाखौं ठगेको आरोपमा महिला पक्राउ

जनकपुरमा नक्कली लाइसेन्स बनाई लाखौं ठगेको आरोपमा महिला पक्राउ

शैलेन्द्र महतो
फागुन १५, २०७६ बिहिबार ३:३२,

नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर सर्वसधारणलाई ठगी गरेको आरोपमा प्रहरीले जनकपुरमा एक महिलालाई पक्राउ गरेको छ।

जनकपुधराम उपमहानगरपालिका ९ की रुबी मिश्रलाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

मंगलबार पक्राउ गरिएको मिश्रलाई धनुषा जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि ४ दिनको म्याद थप गराइएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।

महोत्तरीको गौशाला नगरपालिका १२ बस्ने हरी नारायण भन्ने कृष्णदेव कुशवाहा मोटरसाइकल चलाइरहेको अवस्थामा प्रहरीले लाइसेन्स तथा ब्ल्युबुक चेकजाँच गर्ने क्रममा नक्कली लाइसेन्स फेला परेको थियो।

उनलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा कृष्णदेवले आफूलाई रुबी मिश्रका छोरा चन्दन सिंहले ५ हजार रुपैयाँ लिएर लाइसेन्स बनाइदिएको बयान दिएका थिए।

त्यस आधारमा अनुसन्धान गर्दै जाँदा रुबी मिश्रले लाइसेन्स बनाइदिने नाममा चारवटा गाउँका सर्वसाधाराणबाट ६० हजार रुपैयाँभन्दा बढी असुलेको उजुरी आएकाले उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

मिश्रले ठगी गरेको विषयमा उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

उनी लामो समयदेखि प्रशासनिक निकायमा आफ्नो राम्रो पहुँच र पावर भएको भन्दै विभिन्न काम गराइदिने बहानामा सर्वसाधारणलाई ठगी गर्ने गरेको खुलेको छ।

मिश्रले धेरै सर्वसाधारणसँग विभिन्न बहानामा लाखौं ठगी गरिसकेको पीडितहरूको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .