ad ad

समाज


सप्तरीका मात्रै १५४ जनाको एसईई परीक्षा रद्द, अरु कुन जिल्लाका कति?

सप्तरीका मात्रै १५४ जनाको एसईई परीक्षा रद्द, अरु कुन जिल्लाका कति?

नेपालखबर
असार १३, २०८१ बिहिबार १२:५८, काठमाडौँ

परीक्षा नियन्त्रण कार्यालयले २ सय २० जना विद्यार्थीको एसईई परीक्षा रद्द गरेको छ। 

बोर्डका अध्यक्ष डा‍.महाश्रम शर्माका अनुसार सबैभन्दा धेरै सप्तरीका १ सय ५४ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ। 

सप्तरीपछि महोत्तरीका ३९ जनाको परीक्षा रद्द भएको शर्माले जानकारी दिए। 

त्यसैगरी सर्लाहीका ६जना, धनुषाका ४ जना, खोटाङ र जाजरकोटका ३ ३ जना, काभ्रे, इलाम, बझाङ र बाराका २ २ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। 

त्यसैगरी दैलेख, रौतहट र भोजपुरका १ १ जना विद्यार्थीको पनि परीक्षा रद्द भएको छ। 

विषयगत रुपमा सबैभन्दा धेरै ऐच्छिक गणितको परीक्षा ७१ जनाको रद्द भएको छ।

त्यसैगरी अनिवार्य गणितको परीक्षा रद्द हुने विद्यार्थी ६७ जना छन्।

त्यस्तै विज्ञानको १४, अर्थशास्त्रको १३, जनसंख्याका ७, प्राविधिक विषयमा ७, नेपालीमा ४, सामाजिकमा ५, स्वास्थ्य तथा शारीरिकमा ३, वातावरण विज्ञानमा २ र अंग्रेजी विषयमा १ जना विद्यार्थीको परीक्षा रद्द भएको छ। 

सबै विषयको परीक्षा रद्द हुने विद्यार्थीका २६ जना रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .