ad ad

समाज


राशिफल १३ असार : तुलाको प्रेम सम्बन्ध फक्रने, कर्कटको स्वास्थ्यमा समस्या आउने, तपाईँको के?

राशिफल १३ असार : तुलाको प्रेम सम्बन्ध फक्रने, कर्कटको स्वास्थ्यमा समस्या आउने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार १३, २०८१ बिहिबार ४:४१, काठमाडौँ

आज बिहीबार, १३ असार २०८१ (२७ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : अधुरो या नयाँ कार्यको थालनी हुनेछ। मनमा शान्ति छाउनेछ। राजनीतिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ। सेयर बजार र व्यापार-व्यवसायबाट औसत लाभ हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : कला र गलाको प्रभाव बढ्दै जानेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। सफल यात्रा होला।

भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन : श्रमदान गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ हरियो हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क पनि ५६ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। अरूलाई दु:ख दिने काम।

कर्कट : स्वास्थ्यमा समस्या आउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। बोल्दा विचार पुर्‍याउनुपर्ने देखिन्छ। साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : रोकिएको कार्यले पूर्णता पाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कन्या : रमणीय र सुखद यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा-आकाङ्क्षा पूर्ण हुनेछ। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

तुला : घरमा अतिथिको आगमन हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुँदै जानेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक : महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मध्य दिनपछि मनमा फूर्ति र उत्साह बढ्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

धनु : मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। रोकिएका काम सुरु हुन सक्छन्।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा पनि ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मकर : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। पुँजी बजारबाट राम्रो सफलता मिल्नेछ। साँझमा केही पैसा खर्च हुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। अरूको अहित हुने काम नगर्ने।

कुम्भ : शुभ समाचार सुन्न पाइएला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। पुनर्मिलनको योग छ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌को दर्शन गर्ने। पहेँलो रङको प्रयोग नगर्ने।

मीन : आफ्नो विचार विपरीत निर्णय हुन सक्छ। पारिवारिक र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .