ad ad

समाज


आज तपाईँको भाग्यशाली अङ्‌क र रङ कुन? हेर्नुस् असार १५ को राशिफल

आज तपाईँको भाग्यशाली अङ्‌क र रङ कुन? हेर्नुस् असार १५ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
असार १५, २०८१ शनिबार ४:५६, काठमाडौँ

आज शनिबार, १५ असार २०८१ (२९ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सानातिना समस्यामा अल्झनुपर्नेछ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यति फाइदा नहोला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। कला र सांस्कृतिक कार्यमा सहभागी भइनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। पहेँलो रङको प्रयोग।

वृष : सही समयमा उचित निर्णय लिन सकिनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। न्यायिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : नयाँ ज्ञान सिक्ने मौका जुर्नेछ। प्रेम सम्बन्ध प्रगाढ बनेर जानेछ। छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। नयाँ चिज उपहार पाइएला।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : महत्त्वपूर्ण कामको थालनी हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। कला-साहित्यमा रुचि बढ्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। स्वास्थ्यप्रति भने सजग रहनु पर्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो हुने काम नगर्ने।

सिंह : बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुहोला। सामान हराउने वा चोरी हुने योग परेको छ। मध्य दिनमा व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। उपहारको योग पनि छ।

भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ४५, वैदेशिक कार्यमा ५० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : नयाँ कार्यको अवसरले मन प्रसन्न रहनेछ। टाढाको यात्रा हुने सम्भावना छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।

भाग्यशाली रङ खैरो रहेको छ भने अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : कला र गलाको प्रभाव बढ्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। सांस्कृतिक र धार्मिक कार्यमा सहभागी भइनेछ। प्रेम जीवन समझदारीमा भर पर्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। लाभदायक यात्रा होला। अचल सम्पत्ति हात पर्ने योग छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। अरूलाई होच्याउने काम नगर्ने।

धनु : व्यापार व्यवसायमा त्यति फाइदा नहोला। मध्य दिनबाट भने मन पर्ने साथीको साथ र सहयोग खुसियाली मिल्नेछ। कसै कसैका लागि सन्तान सुखको योग पनि छ।

भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। भित्रैबाट मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : सांस्कृतिक कार्यमा सहभागिता होला। कुनै कुराले मनमा शान्ति छाउनेछ। कृषि क्षेत्रमा सफलता पाइनेछ। साँझमा भने स्वास्थ्य प्रतिकूल रहन सक्ने देखिन्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शिवजीको दर्शन गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मीन : भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुनेछ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला। न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .