ad ad

कारोबार


चेम्बर सदस्यलाई टर्किश एयरमा १० प्रतिशतसम्म छुट सुविधा

चेम्बर सदस्यलाई टर्किश एयरमा १० प्रतिशतसम्म छुट सुविधा

नेपालखबर
फागुन १४, २०७६ बुधबार १२:२८,

नेपाल चेम्बर अफ कमर्स र टर्किश एयरलाइन्सबीच आपसी समर्थन, लाभ र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच संस्थागत र व्यक्तिगत स्तरमा सम्बन्ध विस्तार गर्न यसले सहयोग गर्नेछ।

समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससँग आबद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने सहुलियत प्रधान गर्ने सहमति भएको छ। टर्किश एयरलाइन्सले नेपाल चेम्बर अफ कमर्सलाई इकोनमी क्लासमा ७ प्रतिशतसम्म र बिजनेस क्लासमा १० प्रतिशतसम्म छुट दिने भएको छ।

यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोडसेयर उडानमा लागू हुनेछैन। यस समझदारीपत्रले कुनै कुरा थप, परिवर्तन र संशोधन सुझाव दिन अधिकार सुरक्षित राख्छ।

यस कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स र टर्किश एयरलाइन्सबीच विद्यमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल टर्किशबीच आर्थिक तथा पर्यटन प्रवद्र्धनको लागि कोशेढुङ्गाको काम गर्ने बताए।

उनले नेपाल चेम्बर अफ कमर्स र टर्किश चेम्बर अफ कमर्सबीच व्यावसायिक लगानी, पर्यटन र व्यापार गर्ने सहकार्य भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .