ad ad

समाज


पछिल्लो २४ घण्टामा सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा

पछिल्लो २४ घण्टामा सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा

फाइल फाेटाे


नेपालखबर
असार १०, २०८१ सोमबार २१:४, काठमाडौँ

पछिल्लो २४ घण्टामा सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले सोमबार राति ९ बजे दिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको ढुंगे भन्ने ठाउँमा ‘धेरै भारी’ वर्षा भएको हो।

महाशाखाको विवरणअनुसार सिन्धुपाल्चोकको ढुंगेमा १७१ मिलिमिटर वर्षा मापन भएको हो।

यति ठूलो वर्षा यस अवधिमा देशभर अन्त कतै भएको छैन। 

उक्त अवधिमा दोस्रोमा सबैभन्दा ठूलो सर्लाहीको मनुष्मारामा ८६.२ मिलिमिटर वर्षा भएको छ।

यस्तै रौतहटको गौरमा ६७.८, कैलालीको बालिया ६२.८ तथा कास्कीको लामापाटनमा ५७.२ मिलिमिटर वर्षा भएको मौसम महाशाखाको विवरणमा उल्लेख छ।  

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि, १०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ भने सयभन्दा माथि २०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ। 

यसबाहेक पछिल्लो २४ घण्टामा देशका अन्य स्थानमा हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ। १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का तथा यसभन्दा माथि ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .