ad ad

समाज


स्वर्णलक्ष्मी सहकारी ठगीमा रवि र जीबीविरुद्ध काठमाडौँ प्रहरीमा जाहेरी

स्वर्णलक्ष्मी सहकारी ठगीमा रवि र जीबीविरुद्ध काठमाडौँ प्रहरीमा जाहेरी

नेपालखबर
असार ६, २०८१ बिहिबार १५:४२, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा अर्को जाहेरी दर्ता भएको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा परेको जाहेरी बुधबार जिल्ला प्रहरी परिसर टेकुमा दर्ता भएको हो। 

सिन्धुली स्थायी घर भएका युवराज पौडेल (सफल) ले रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राईविरुद्ध गत मंगलबार हुलाकमार्फत किटानी जाहेरी पठाएका थिए। 

उक्त जाहेरी हिजो बुधबार दर्ता भएको हो। 

‘मैले हुलाकबाट पठाएको थिएँ, हुलाकले भर्पाइ दिएको छ, यसैलाई दर्ता भएको मानिन्छ,’ जाहेरवाल पौडेलले भने।

गत माघ २२ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा २५ जना पीडितले लामिछानेसहित १८ जनाका नाममा पूरक जाहेरी दिएका थिए। प्रतिवादीमध्ये रवि लामिछानेको नाम पहिलो नम्बरमै उल्लेख छ। 

पूरक जाहेरीमा मूल मुद्दाकै नम्बर उल्लेख गरिन्छ र यसमा पनि त्यही उल्लेख छ।

पूरक जाहेरीमा लामिछानेसँगै सूर्यदर्शनका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बाँस्तोला र दीपेश पुनलाई पनि प्रतिवादी बनाइएको छ।

गोरखा मिडिया प्रालिसहित विभिन्न १४ वटा कम्पनीलाई पनि प्रतिवादी बनाउँदै जाहेरी दिइएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय, कास्कीमा पीडितले दिएको पूरक जाहेरी प्राप्त नभएपछि सर्वोच्चले बुटवलस्थित सुप्रिम सहकारीको मिसिल मगाएको छ। 

जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको अभियोगपत्रमा रवि लामिछानेले २ करोड लिएको उल्लेख छ। उक्त अभियोग पत्रमा ९ ठाउँमा लामिछानेको नाम उल्लेख गरिएको छ।

तर उनीसँग प्रहरी र सरकारी वकिल कार्यालयले सोधपुछ कागजसमेत गरेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .