ad ad

समाज


महासेनानी मल्ललाई बर्खास्त गर्ने सैनिक अदालतको फैसला

महासेनानी मल्ललाई बर्खास्त गर्ने सैनिक अदालतको फैसला

नेपालखबर
असार ५, २०८१ बुधबार १७:६, काठमाडौँ

नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ललाई बर्खास्त गर्ने सैनिक अदालतले फैसला गरेको छ। जन्म मिति बिबादमा समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गर्ने फैसला सुनाएको हो। 

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी मल्ललाई मंगलबारदेखि सेवाबाट अलग गर्ने फैसला भएको बताए। 

मल्लका शैक्षिक प्रमाण पत्र र नागरिकतामा अलग-अलग जन्म मिति भेटिएको थियो। सोही विषयमा उजुरी परेपछि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको थियो। 

प्रारम्भिक छानविनका क्रममा कैफियत भेटिएपछि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघस्थित नेपाली नियोगका सैनिक सहचारीको रुपमा कार्यरत मल्ललाई नेपाल झिकाइएको थियो। 

अनुसन्धान अगाडि बढेसँगै मल्ल सैनिक प्रहरीको नियन्त्रणमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .