ad ad

समाज


प्रेमिकाले बेवास्ता गर्दा प्रहरी जवानले आफैँलाई गोली हानेको प्रारम्भिक निष्कर्ष

राइफल भुइँमा राखेर निधार ताक्दै खुट्टाले दबाए ट्रिगर
प्रेमिकाले बेवास्ता गर्दा प्रहरी जवानले आफैँलाई गोली हानेको प्रारम्भिक निष्कर्ष

घटनास्थल। तस्बिर : सरोज बैजु


नेपालखबर
असार ५, २०८१ बुधबार १४:१, काठमाडौँ

काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा खटिएका प्रहरी जवान अजित गोलेले प्रेमिकासँग सम्बन्ध बिग्रिँदा आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ। 

बुधबार बिहान दोलखाको मेलुङ गाउँपालिका ४ का २२ वर्षीय गोले संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटमा सुरक्षाका लागि हतियारसहित खटिएका थिए। त्यस क्रममा उनले शौचालयमा गएर आफैँलाई गोली हानेका हुन्। 

उनले राइफल भुइँमा अड्याएर खुट्टाले निधारमा ताकेर गोली चलाएको प्रहरीको अनुमान छ। सीसीटीभी फुटेजलगायतबाट पनि उनले नै गोली हानेको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन्।

उनी बुधबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि संसद् भवनमा ड्युटीमा खटिएका थिए। 

तीन वर्ष पहिले प्रहरी जवानमा भर्ना भएका गोले संसद् भवनमा गत जेठ २८ गतेदेखि खटिएका थिए। 

नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भएका गोले संघीय संसद् सुरक्षा बेस नयाँ बानेश्वरमा कार्यरत थिए।

उनले अन्दाजी बुधबार बिहान ८ बजेतिर गेटको बायाँपट्टि रहेको शौचालयमा गएर आफूलाई बोकेको इन्सास राइफलले आफ्नो निधारमा एक राउन्ड फायर गरेका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

घटनास्थलमा उनको मोबाइल पनि फेला परेको छ। उक्त मोबाइलमा भएको म्यासेजका आधारमा उनले प्रेमिकासँगको खटपटका कारण आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निचोड छ।

शौचालयमा फेला परेको गोलेको मोबाइलमा घटनाकै समयमा एक युवतीसँग कुरा गरेको पनि देखिएको छ। 

एसपी अधिकारीले भने, ‘एक महिलासँग कुरा गरेको पनि देखिएको छ। अहिलेसम्म हेर्दा यही कारण उनले आत्महत्या गरेको हो कि भन्ने हाम्रो अनुमान छ। थप अनुसन्धान भइरहेको छ।’

हाल दुबईमा रहेकी ती युवतीसँग उनले करिब ५ महिना पहिले नै इन्गेजमेन्ट गरिसकेको पनि खुलिसकेको छ।

तर इन्गेजमेन्ट गरेर गएकी उनले दुबई पुगेपछि आफूलाई बेवास्ता गरेको भन्दै ती प्रहरी जवानले आफू मर्ने भनेर पनि म्यासेज पठाएको भेटिएको छ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागन्ज लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .