ad ad

कारोबार


निसानको म्याग्नाइट एसयूभी किन्दा ४ वर्षसम्म नि:शुल्क इन्धन पाइने

निसानको म्याग्नाइट एसयूभी किन्दा ४ वर्षसम्म नि:शुल्क इन्धन पाइने

नेपालखबर
असार ५, २०८१ बुधबार १४:३, काठमाडौँ

निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक’ एसयूभी निसान म्याग्नाइटमा नयाँ योजना ल्याएको छ।

योजनाअन्तर्गत ग्राहकले निसान म्याग्नाइट गाडीको चार वर्षसम्म नि:शुल्क इन्धन ‘फ्रि फ्युल’ सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन्।

साथै, चार वर्षको लागि ‘फ्रि रनिङ कस्टसहित महत्त्वपूर्ण बचतको मजा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ। ब्रान्डले यस अफरमार्फत चालू आर्थिक वर्षको लागि निःशुल्क सडक करको व्यवस्था पनि उपलब्ध गरेको छ।

पायोनियर मोटो कर्पका प्रबन्धनिर्देशक सन्दीप कुमार सारडाले निसान म्याग्नाइट एसयूभी उत्कृष्ट पर्फमेन्ससहित, कम्फर्ट (आरामदायी) र स्टाइल (आधुनिक शैली) प्रदान गर्न डिजाइन गरिएको एसयूभी भएको बताए। यसले गर्दा यो नेपाली सडक तथा नेपाली गाडी  खरिदकर्ताहरूका लागि प्रथम र उत्तम रोजाइ बनेको उनको भनाइ छ।

‘हामी हाम्रा नयाँ ग्राहकहरूलाई विभिन्न लाभ तथा फाइदाहरू सहित यो नयाँ योजना प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ’, उनले भने, ‘यस्तै लाभदायक योजनाहरूबाट नयाँ प्रविधिलाई हाम्रो बढ्दो ग्राहकसामु पहुँचयोग्य बनाउनु यस योजनाको उद्देश्य हो।’

निसान म्याग्नाइट नेपाली एसयूभी बजारमा उत्कृष्ट विकल्प रहँदै आएको छ भने यसको रिसेल भ्यालु पनि राम्रो छ । गत सेप्टेम्बरमा सार्वजनिक गरिएको यसको एएमटि (अटोमेटेड म्यानुअल ट्रान्समिसन) मोडलको साथ, निसान नेपालले नेपाली सडकका लागि उच्च-स्तरीय गाडी प्रस्तुत गर्ने ब्रान्डको रूपमा स्थापित गरेको छ।

योजनामा केही नियम र सर्तहरू लागू हुनेछन् र सीमित अवधि (स्टक रहेसम्म) सम्म ग्राहकहरूले यसको लाभ लिन सक्ने कम्पनीको भनाइ छ। यो नयाँ एसयुभि खरिद गर्न चाहनेहरूका लागि आकर्षक अवसर रहेकाले पायोनियर मोटो कर्पले यसको सदुपयोग गर्न आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .