ad ad

समाज


नेपाल टेलिकमको प्रबन्धनिर्देशक बन्न १७ जनाको आवेदन (नामसूची)

नेपाल टेलिकमको प्रबन्धनिर्देशक बन्न १७ जनाको आवेदन (नामसूची)

नेपालखबर
असार ४, २०८१ मंगलबार २०:३८, काठमाडौँ

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाको आवेदन परेको छ। नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ २२ मा दरखास्त मागेको थियो। 

सोअनुसार १७ जनाले आवेदन दिएका हुन्। आवेदन दिनेमा हाल टेलिकमकै निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी पनि छिन्।

आवेदन दिनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम मापदण्ड राखिएको थियो।

यसैगरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा १२ वर्षको कार्य अनुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव भएको हुनुपर्ने उल्लेख थियो।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवासुविधासम्बन्धी निर्देशिकाअनुसार प्रबन्ध निर्देशक नियुक्त हुनेछ। सोहीअनुसार गठित छनोट समितिले मन्त्रालयलाई ३ जनाको नाम सिफारिस गर्नेछ। सिफारिस भएकामध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई नियुक्त गर्नेछ। 

प्रबन्ध निर्देशकको कार्यकाल ४ वर्षको हुनेछ भने मासिक पारिश्रमिक साढे २ लाख र अन्य सेवासुविधा निर्देशिका अनुसार हुनेछ।

कसले दिए आवेदन?
विमल आचार्य
राजेश जोशी
अनन्तप्रकाश मल्लिक
संगीता पहाडी अर्याल
बुद्धिप्रसाद आचार्य
शालिकराम सुवेदी
रमेशप्रसाद जोशी 
कमल लामिछाने 
केदारनाथ कोइराला
नगेन्द्रकुमार दास
सुभाष शाह
लक्ष्मण महर्जन 
शालिकराम पराजुली
अनिलकुमार झा
कृष्णप्रसाद भण्डारी 
चिन्तामणि बराल
प्रेमप्रसाद सिलवाल
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .