ad ad

राजनीति


स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्कंदै राष्ट्रपति

स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्कंदै राष्ट्रपति

नेपालखबर
असार ४, २०८१ मंगलबार २०:५२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डपछि जर्मनीको भ्रमण सकेर स्वदेश फर्कने क्रममा मंगलबार जर्मनीको वर्लिनबाट कतारको दोहातर्फ प्रस्थान गरेका छन्। 

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाई गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागीता छ। 

यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो। सो अवसरमा दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ। दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिइएको थियो।
 

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो। जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी गएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .