ad ad

समाज


बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ३५ वर्षे युवकको मृत्यु

बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ३५ वर्षे युवकको मृत्यु

नेपालखबर
असार ४, २०८१ मंगलबार ६:२९, काठमाडौँ

सोमबार साँझ ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। 

कोटेश्वरबाट ललितपुरको ग्वार्कोतर्फ जाँदै गरेको प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले सोही दिशातिर गुडिरहेको बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिंदा ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सिन्धुलीको तीनपाटन गाउँपालिका ७ घर भई भक्तपुरको बालकोट बस्ने ३५ वर्षीय रमेशकुमार पाण्डे रहेका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

‘ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई स्थानीय र प्रहरीले तुरुन्तै ट्याक्सीमा हालेर उपचारको लागि बीएण्डबी अस्पताल पुर्याएका थिए,’ एसपी सुवेदीले नेपालखबरसँग भने, ‘उपचारकै क्रममा उनको राति नै मृत्यु भएको हो।’

पाण्डेको शव अहिले पनि बीएण्डबीमै राखिएको छ। उनका आफन्तलाई घटनाको विषयमा खबर भइसकेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि ट्रक चालक धादिङका विशाल राईलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .